close

वडाध्यक्ष पदमा प्रधानमन्त्रीको भन्दा बढी अधिकार छ : मुख्यमन्त्री पाण्डे

वडाध्यक्ष पदमा प्रधानमन्त्रीको भन्दा बढी अधिकार छ : मुख्यमन्त्री पाण्डे

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई भन्दा वडाध्यक्षमा बढी अधिकार रहेको बताएका छन् । 

बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैटौं जिल्ला सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

संविधानले वडाध्यक्षलाई ३७ वटासम्म अधिकार दिएको बताउँदै उनले वडालाई सबैभन्दा बढी बलियो बनाउनुपर्ने बताए । 

यस्तै, उनले अहिले नै संघीयताको आलोचना गर्ने बेला नभएको बताए ।