close

माओवादी महासचिवमा देव गुरुङको नाम प्रस्ताव

माओवादी महासचिवमा देव गुरुङको नाम प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महासचिव पदमा देव गुरुङलाई प्रस्ताव गरेका छन् । 

पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिव पदमा गुरुङको नाम प्रस्ताव गरेका हुन् । 

यसअघि महासचिव पदमा जनर्दशन शर्मा र वर्षमान पुनको नाम चर्चामा थियो । 

त्यसैगरी, दाहालले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादवको नाम प्रस्ताव गरिएको छ। 

यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।

कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।