काठमाडौं । नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ ।
पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको जानकारी दिए ।
उनका अनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनीत केन्द्रीय सदस्यलाई सपथ गराएर बैठकमा सहभागी गराउने, यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेस गर्ने, उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया, स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्नेलगायत एजेन्डा तय गरेको हो ।