close

हर्क साम्पाङको निम्तो स्वीकार्दै धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

हर्क साम्पाङको निम्तो स्वीकार्दै धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

Trulli
ADVERTISEMENT

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग गरेको बाचा पूरा गरेका छन् ।

हर्क साम्पाङले गरेको निम्तोलाई स्वीकार्दै माओवादी अध्यक्ष प्रचण्ड धरानका हर्क नेम्वाङले सुरु गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका हुन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए ।

वृक्षारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरूले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ । हामी माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।