close

बालेनलाई रामकुमारीको हौसला : तपाईं अघि बढ्नुस्, म दलीय दबाबले रोकिएँ

बालेनलाई रामकुमारीको हौसला : तपाईं अघि बढ्नुस्, म दलीय दबाबले रोकिएँ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको समर्थन गरेकी छन् । 

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह पोस्ट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्नु नपर्ने तर्क गरेकी छन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने बताएकी हुन् । 

आफूसँगै मिलेर बनाएको योजनामा बालेन अघि बढेको भन्दै  यस कदमको प्रंशसा गरेकी हुन् । उनले माथिल्लो तहको दबाबले आफू मन्त्री हुँदा बागमति करिडोरको संरचना हटाउन नसकेको भन्दै अब उपत्यकाका नदी किनारका अतिक्रमण हट्नेमा विश्वास व्यक्त गरेकी छन् ।

उनले मन्त्री हुँदा बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको बताउँदै निर्वाचन आएकोछ यसो नगरौ भन्ने दवाव आयो र स्थगन गर्न परेको समेत खुलाइन् ।