close

लोसपाका नेताले भेटे राष्ट्रपति

लोसपाका नेताले भेटे राष्ट्रपति

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयकको मुद्दालाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । 

नागिरकता विधेयकलाई लिएर राष्ट्रपतिले राजीनामा गर्नसक्ने आँकलन भइरहेका बेला लोसपाका नेताहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।उनीहरूले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शितल निवास पुगेका थिए ।

उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।’

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।