close

कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । 

आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर साही समक्ष राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री साही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री साहीले स्वीकृतसमेत गरिसकेका छन् ।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा साह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री साहीले सोमबार नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।