close

कर्णाली प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

कर्णाली प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई मन्त्री पदमा नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई सोमबार नियुक्त गरेका हुन् ।

नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीमा नियूक्त शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।