close

राष्ट्रपतिले छलफलका लागि बोलाइन् एमाले नेता

राष्ट्रपतिले छलफलका लागि बोलाइन् एमाले नेता

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि  नेकपा एमालेका नेता बोलाएकी छन् ।

सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।