close

प्रम भेट्न बालेन बालुवाटारमा

प्रम भेट्न बालेन बालुवाटारमा

Trulli
ADVERTISEMENT

काठमाडौँ । अनाधिकृत संरचना भत्काएर चर्चामा आएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अहिले भेट भइरहेको छ ।

शाहका पछिल्ला अभियान बारे प्रम देउवाले चासो देखाएपछि मेयर शाह उनलाई भेट्न आज बिहान बालुवाटार पुगेका हुन् । उनीहरु बीच अहिले अनाधिकृत संरचना तथा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन बारे कुराकानी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।