close

मधेश प्रदेशका मुख्यन्यायाधीवक्ताले दिए राजीनामा

मधेश प्रदेशका मुख्यन्यायाधीवक्ताले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार उनले राजीनामा बुझाएका हुन्  । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन्।

झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। ६ फागुन २०७४ मा प्रदेश सरकारको सिफारिसमा झालाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए।