close

निर्वाचन उम्मेदवारी : खस आर्यको बाहुल्यता

निर्वाचन उम्मेदवारी : खस आर्यको बाहुल्यता

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ । 

प्रतिनिधिसभातर्फ कूल दुई हजार ४१२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा ६४१, मधेशी समूहतर्फ ५०६, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ । 

प्रदेशसभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन् । खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभातर्फ ९०६ आदिवासी जनजाति, ८७४ मधेसी, १४५ मुस्लिम, १४४ दलित र १०० जना थारु समूहतर्फ उम्मेदवारी कायम भएको छ ।