close

नेकपाको महासचिवमा  पुन: विप्लव

नेकपाको महासचिवमा  पुन: विप्लव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।

विप्लव यसअघि पनि महासचिव थिए । कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुन: विप्लव चयन भएका हुन् । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि चयन गरेको छ।

नवौं महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा आयोजना सुरु भएको हो । तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा विप्लव नेतृत्वको नेकपा गठन गरिएको हो ।