काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षप्रति कटाक्ष गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीले दार्चुला पुगेर लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरेको बताउँदै औपचारिक रुपमा लिम्पियाधुरासहिको भूमि नेपाल फर्काउने घोषणा गरेका थिए ।
चुनावी अभियानमा गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवाले एमालेले दार्चुलाको सोही घोषणालाई लिएर ओलीप्रति कटाक्ष गरेका हुन् ।
गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘केपी ओलीजी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ?’ भनी प्रश्न समेत गरे ।
‘बोलेर मात्रै समस्या समाधान हु्ँदैन,’ उनले भने ।
उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरे ।