close

हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ : ओली

हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेलप्रति सन्तुष्ट व्यक्त गरेका छन् ।

एसियाली खेलकूद प्रतियोगिताअन्तर्गत टि–२० क्रिकेटअन्तर्गत क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएपछि ओलीले सो एकदिन जीत हुनेमा आशावादी हुनुपर्ने बताएका छन् ।

‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘कोसिस गर्नेको एक दिन अवश्य जीत हुन्छ ।’ 

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिएपछि ओलीको सो प्रतिक्रिया आएको हो ।