close

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

Trulli
ADVERTISEMENT

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन विराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि उनले विश्वासको मत पाउन सकेका थिएनन । जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई-दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो । 

संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग जम्मा ४० मतमात्रै रहेको छ ।