close

कोशीमा विद्रोह गरी कार्कीलाई मुख्यमन्त्री बनाएका शेखरले बालुवाटारमा गरे सत्ता गठबन्धनप्रति लिखित प्रतिबद्धता

कोशीमा विद्रोह गरी कार्कीलाई मुख्यमन्त्री बनाएका शेखरले बालुवाटारमा गरे सत्ता गठबन्धनप्रति लिखित प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज बिहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ । 

छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।