close

संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

Trulli
ADVERTISEMENT

विराटनगर- नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । 

काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए । 

कोशीमा दुई/दुई पटक मुख्यमन्त्री बनेका थापाको दुवै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गरेका छन् ।