close

केदार कार्की गठबन्धनकै मुख्यमन्त्री : प्रधानमन्त्री

केदार कार्की गठबन्धनकै मुख्यमन्त्री : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको बताएका छन् । 

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने पनि स्पष्ट पारे । 

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग आफ्नो छलफल भएको र गठबन्धन बलियो बनाउने कुरामा सहमति बनेको हुँदा कार्की गठबन्धनकै उम्मेदवार भएको प्रधानमन्त्रीको भनाइ छ ।