close

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

Trulli
ADVERTISEMENT

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । 

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।