close

मौलापुर नगरपालिकाको मेयर पद रिक्त, उपनिर्वाचन हुने

मौलापुर नगरपालिकाको मेयर पद रिक्त, उपनिर्वाचन हुने

Trulli
ADVERTISEMENT

रौतहट- मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारीको पद गुमेको छ । नेकपा एमाले त्यागेर आम जनता पार्टीमा गएपछि उनकाे पद स्वत: गुमेकाे हाे । 

निर्वाचन आयोगले  एक सूचना जारी गर्दै रीनाले राजनीतिक दल परिवर्तन गरेसँगै उनकाे पद गुमेकाे जनाइएकाे छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनी स्थानीय तहकाे निर्वाचन २०७९ मा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भएकी थिइन् ।  

एमालेको केन्द्रीय समितिको निर्णयसहित रीनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दलसम्बन्धि ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । उनकाे पद गुमेसँगै माैलापुरमा नगरप्रमुखमा उपनिर्वाचनसमेत हुने भएकाे छ ।