close

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व : प्रधानमन्त्री

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् ।  

बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवादमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए। 

प्रधानमन्त्रीले भने, 'हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो' प्रधानमन्त्रीले भने, 'कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले व्यहोरेको क्षतिबापत हामीले अनुदान पाउनुपर्छ।'

प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षणबापत अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।