close

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Trulli
ADVERTISEMENT

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाई मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइभन्दा बढी मत पाएका हुन् । 

कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए । उनले कांग्रेसबाट विद्रोह गरेका शेखर कोइरालालाई बालुवाटार बोलाएर गठबन्धनमा दृढ  संकल्प रहेको हस्ताक्षर गर्न लगाएका थिए । 

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत खस्यो भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका ६ सांसदमध्ये एक अनुपस्थित रहे ।