close

रवीन्द्र मिश्र भन्छन्, ‘अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरी राजाबाट लगाउँछु’

रवीन्द्र मिश्र भन्छन्, ‘अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरी राजाबाट लगाउँछु’

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपील गरेका छन् । 

उनले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् । राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । 

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।

त्यसपछि उनले अर्को स्टाटस पोस्ट गर्दै आफूले राजाको हातको टीका लगाउने बताएका छन् ।