close

गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फर्किए

गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फर्किए

Trulli
ADVERTISEMENT

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । 

बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।