close

पुराना दलप्रतिको वितृष्णाले नयाँ दलप्रतिको आशा बढ्दो छ : भट्टराई

पुराना दलप्रतिको वितृष्णाले नयाँ दलप्रतिको आशा बढ्दो छ : भट्टराई

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल समाजवादी पार्टी का अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दल र तिनको नेतृत्वप्रतिको वितृष्णाले नयाँ वैकिल्पिक शक्ति निर्माणको आधार तयार पारेको बताएका छन् । 

‘यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ। असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ,’ उनले ट्विटरमार्फत् भनेका छन्।

उनले आइन्सटाइन र लग्जेम्बर्गको भनाइ अनुदित गर्दै भनेका छन्, ‘आइन्सटाइन भन्थे—जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिँदैन । त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्—कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ।’