close

कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई देउवाको निर्देशन : भूकम्प प्रभावित क्षेत्रमा उद्दारमा खट्नू

कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई देउवाको निर्देशन : भूकम्प प्रभावित क्षेत्रमा उद्दारमा खट्नू

Trulli
ADVERTISEMENT

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरे । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन् । 

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरे । यस कठिन घडीमा उनले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।