close

उद्धारमा जुटन सभामुखको अनुरोध

उद्धारमा जुटन सभामुखको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ- सभामुख देवराज घिमिरेले जाजरकोटमा गएराति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । 

उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् । सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।”

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४  म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १२८ भन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।