close

कोशी सरकारबाट एमाले बाहिरियो

कोशी सरकारबाट एमाले बाहिरियो

Trulli
ADVERTISEMENT

विराटनगर- कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। शनिबार बिहान एमालेबाट मन्त्री भएका रामबहादुर रानामगरले राजीनामा बुझाएका छन् । 

मुख्यमन्त्रीले सहमति अनुसार  कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए। 

एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए।  लगत्तै सरकारबाट बाहिरिने प्रतिक्रिया एमाले नेताहरुले दिएका थिए । 

कार्की एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेले कांग्रेस र एमालेको मात्रै संलग्नता रहेको सरकार गठनको लागि मुख्यमन्त्रीलाई दबाब दिएको थियो । तर मुख्यमन्त्रीले गठबन्धनबाट मन्त्री नियुक्त गरेसँगै आज बिहान एमाले सरकार छोडेको हो ।