close

प्रधानमन्त्री दाहाल जाजरकोटबाट बिरामी लिएर सुर्खेत प्रस्थान

प्रधानमन्त्री दाहाल जाजरकोटबाट बिरामी लिएर सुर्खेत प्रस्थान

Trulli
ADVERTISEMENT

जाजरकोट- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको हेलिकप्टरबाट ७ जना घाइतेहरुको उद्धार गरी सुर्खेत लगिएको छ ऽ 

प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किँदा उनको साथमा घाइतेहरुलाई समेत राखेर सर्खेत उडेको हो ।