close

सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड पठाउने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड पठाउने

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि ५/५ करोड रूपैयाँ पठाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यका लागि जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा उक्त रकम पठाउने सरकारले निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय पनि भएको छ ।