close

सरकारले मृतकका परिवारलाई राहतस्वरुप २ लाख दिने

सरकारले मृतकका परिवारलाई राहतस्वरुप २ लाख दिने

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गरेको हो । 

भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको छ । 

भूकम्पबाट क्षति भएका सडक, सन्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सन्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय पनि नेपाल सरकार मन्त्रिपरिषद बैठकले गरेको छ ।

साथै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।