close

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

Trulli
ADVERTISEMENT
विराटनगर- नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्रीले राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको नेकपा एमालेले जनाएको छ । सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।