close

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले ‍सोबारे विशेष छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । 

त्यस्तै, समसामयिक राजनीतिक विषयमा पनि गम्भीर छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।