close

प्रधानमन्त्री कहिलेसम्म रहन्छु भन्ने महत्त्वपूर्ण होइन : प्रधानमन्त्री

प्रधानमन्त्री कहिलेसम्म रहन्छु भन्ने महत्त्वपूर्ण होइन : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन सरकार रहन्छ भन्ने मुख्य कुरा नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महत्वपूर्ण कुरा जनताको काम भएको बताएका हुन् ।

उनले नागरिकको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए        । उनले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए । उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए । 

प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए । यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ ।