close

टिकटक बन्द गर्ने सरकारको निर्णय : उल्टो बाटो कि गर्धनको पिलो ?

टिकटक बन्द गर्ने सरकारको निर्णय : उल्टो बाटो कि गर्धनको पिलो ?

Trulli
ADVERTISEMENT

काठमाडौं- सोमबार सरकारले टिकटक बन्द गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको बिरोध गरेका हुन् । 

उनले एक्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै सोधेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?’

टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने भन्दै उनले एकदुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।

नेपाली कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि बन्द गर्न नहुने टिप्पणी गर्नुभएको छ । उनले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताए । 

सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको महामन्त्री थापाको आरोप  छ । उनले भने– “सरकारले यो कदम सच्याउनुपर्छ ।”