close

रास्वपाको ‘घरदैलो कार्यक्रम’ आजदेखि

रास्वपाको ‘घरदैलो कार्यक्रम’ आजदेखि

Trulli
ADVERTISEMENT

काठमाडौं- आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाका सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनले आगामी सोमबारसम्म आफूले गरेका कामबारे मतदातालाई जानकारी गराउने छन् ।

प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने रास्वपाले जनाएको छ ।