close

पप्पु कन्ट्रक्सनका मालिक एमालेमा प्रवेश

पप्पु कन्ट्रक्सनका मालिक एमालेमा प्रवेश

Trulli
ADVERTISEMENT

काठमाडौँ- पप्पु कन्ट्रक्सन कम्पनीका मालिक तथा ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् ‌। 

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पूर्वसांसद हुन् । ७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । कन्ट्रक्सनका कारण उनी सांसद पदबाट निलम्बित भ एका थिए ‌

रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । जसपा अध्यक्ष यादव एकलौटी निर्णय गर्न लागेको र आफूलाई दुःख दिन थालेपछि सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको रौनियारले बताए ।