close

उर्जा सचिव घिमिरे र उपरथी पाण्डेको राजीनामा स्वीकृत

उर्जा सचिव घिमिरे र उपरथी पाण्डेको राजीनामा स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं - मन्त्री परिषदको बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले द्वय पाण्डे र घिमिरेले एक महिना अगाडि दिएको राजीनामा स्वीकृत गरेको हो । 

ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए ।   प्रधानसेनापतिको रोलक्रममा रहेको पाण्डेले उमेर विवादमा परेपछि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका  हुन् ।