close

काठमाडौँ महानगर विश्वकै प्राचीन सांस्कृतिक शहर हो : प्रधानमन्त्री

काठमाडौँ महानगर विश्वकै प्राचीन सांस्कृतिक शहर हो : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ देशको राजधानीमात्र नभएर विश्वकै प्राचीन शरहरूमध्येको एक सांस्कृतिक सहर भएको बताएका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाको २९औँ महानगर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "यहाँ विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको छ ।"

उनले महानगर दिवसलाई सम्बोधन गर्दै थपे, "हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौँको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवर्द्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँछ । तसर्थ, काठमाडौँको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।"

साथै सरकार स्थानीय सरकारलाई बलियो बनाउन दृढ रहेको बताएका छन् । सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।