close

समसामयिक विषयबारे छलफल गर्न पाेखरा महानगरमा सर्वदलीय बैठक

समसामयिक विषयबारे छलफल गर्न पाेखरा महानगरमा सर्वदलीय बैठक

Trulli
ADVERTISEMENT

कास्की - पाेखरा महानगरपालिकाले कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग सर्वदलीय बैठक गरेको छ । पोखरासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वका विषयहरूमा सर्वदलीय बैठक गरिएको हो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षता सम्पन्न बैठकमा सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको मापदण्ड कार्यान्वयन, फेवातालको उपल्लो तटीय (सिमसार) क्षेत्र संरक्षण, फिर्के खोलाको खोलाघर खाली गर्ने, सालिकहरूको व्यवस्थापन, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने लगायत विविध विषयहरूमा छलफल भएको छ । 

नगर प्रमुख आचार्यद्वारा प्रस्तुत एजेन्डाहरूमा दलहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । फेवातालको भविष्यसँग जोडिएको सिमसार क्षेत्रमा भइरहेको गतिविधिलाई तत्काल रोक्नुपर्ने र फेवातालका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको दलका प्रमुख तथा प्रतिनिधिहरूले बताए ।

फेवातालका सम्बन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने र सिमसार क्षेत्रको संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । राजमार्ग विस्तार तथा ट्राफिक समस्या समाधानका लागि पनि राजमार्ग क्षेत्रमा रहेका सालिकहरूको व्यवस्थापन आवश्यक रहेको उनले स्पष्ट पारे ।