close

हर्क र बालेन राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने

हर्क र बालेन राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । बालेन कार्य व्यस्तताको कारण देखाउँदै मतदानका लागि हेटौडा नगएको सचिवालयले जनाएको छ ।

त्यस्तै धरान उपमहानगरपालिकामा नगरप्रमुख हर्कराज राई(हर्क साम्पाङ) पनि मतदानमा सहभागी भएका छैनन् । उनका स्वकीय सचिव रसिक थेवेका अनुसार नगरप्रमुख साम्पाङ अहिले धरानमा भइरहेको ‘नास्ट’को कार्यक्रममा प्रमुख अतिथ्यको रुपमा सहभागी छन् ।

यता धनगढी उपमहानरपालिकाका नगरप्रमुख गोपाल हमाल पनि मतदानमा सहभागी हुने/नहुने हालसम्म कुनै‌ ठेगान नभएको स्वकीय सचिव सुरेन्द्र भट्टले पालिकाखबरलाई बताए । सचिवालयका अनुसार नगरप्रमुखले सहभागी हुने/नहुने केही बताएका छैनन् । पालिकाखबरले नगरप्रमुखसँग सम्पकर् गर्न खोज्दा फोन अफ रहेको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट हेटौंडामा र कोशी प्रदेशको तर्फबाट विराटनगरमा जारी छ ।