close

मधेश प्रदेशमा सत्ता गठबन्धनका चौधरी र ढुंगाना निर्वाचित

मधेश प्रदेशमा सत्ता गठबन्धनका चौधरी र ढुंगाना निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट महिला कोटातर्फ सत्तारुढ गठबन्धनकी पूजा चौधरी निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितेकी हुन् । एमालेकी उषा चौधरीले २ हजार ४८४ मत पाइन् ।  

अन्य कोटा तर्फबाट सत्तारुढ गठबन्धनकै आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् ।