close

अजयमेरुका १२ जना जनप्रतिनिधि र कर्मचारीमा कोरोना, गाउँपालिका सिल

अजयमेरुका १२ जना जनप्रतिनिधि र कर्मचारीमा कोरोना, गाउँपालिका सिल

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाका उपाध्यक्षसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ ।


मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना देखिएको हो ।


गाउँपालिका उपाध्यक्ष कलावती भाँण, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत खठायतले जानकारी दिए ।


उनका अनुसार गत १४ मंसिरमा उनीहरूको स्वाब संकलन गरिएको थियो । स्बाब संकलन गरेका ३७ मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।


‘गाउँपालिकामा कार्यरत एक कार्यालय सहयोगीमा कोरोना देखिएपछि उहाँहरूको स्वाब संकलन गरेका थियौँ । आज १२ जनामा कोरोना देखिएको छ’, स्वास्थ्य शाखा प्रमुख खठायतले भने ।


एक जनप्रतिनिध र ११ जना कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि गाउँपालिका कार्यालय सिल गरिएको हो । गाउँपालिकाले एउटा सूचना जारी गर्दै कार्यालय सिल गरिएको जनाएको छ ।


संक्रमण पुष्टि भएका १२ जनाको सम्पर्कमा आएका ३१ जनाको स्वाब मंगलबार संकलन गरिएको जनाइएको छ ।