close

शैल्यशिखरमा लाग्यो ताला

शैल्यशिखरमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

दार्चुला - दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

 

नगरपालिकाले गत असारमै सम्पन्न भएका योजनाको रकम भुक्तानी नदिएको, करारमा कार्यरत कर्मचारीको तलबभत्ता तथा प्रदेश सरकारबाट विद्यालय सहयोगीका लागि उपलब्ध गराइएको प्रोत्साहन भत्ता नदिएको भन्दै कार्यालयमा तालाबन्दी भएको हो । 

 

नगरपालिकालाई २४ घन्टाभित्र बजेट विनियोजन प्रक्रिया थाल्न दिएको अल्टिमेटम पूरा नगरेको भन्दै संघर्ष समितिले शुक्रबारदेखि कार्यालयमा तालाबन्दी गरेको हो ।

 

संघर्ष समितिका संयोजक राजेश विष्टका अनुसार कर्मचारीले पाउनुपर्ने सेवा-सुविधा नदिएका कारण तालाबन्दी गरिएको हो ।

 

‘हामीले नगरपालिकासमक्ष राखेका मागको कुनै सुनुवाइ भएन’, संघर्ष समितिका संयोजक विष्टले भने, ‘मागबारे नगरपालिकाले बेवास्ता गरेपछि तालाबन्दी गर्नुपर्‍यो ।’


नगरपालिकाभर गत वर्ष निर्माण सम्पन्न गरिएका योजनाको अझै भुक्तानी भएको छैन । शैल्यशिखर नगरका प्रमुख प्रशासकीय अधिकृत टेकसिंह कुवरले भने मागबारे छलफल भइरहेकाले आइतबार ताला खुल्ने दाबी गरे । 

 

उनले भने, ‘कर्मचारीले प्रोत्साहन रकम नपाएको भनेर हामीकहाँ जानकारी आएको थिएन । म हालै आएको हुँदा सबै विषयमा छलफल गरेर सहमतिमा ल्याउने प्रक्रिया अगाडि बढेको छ ।’