close

अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्दै गौर नगरपालिका

अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्दै गौर नगरपालिका

Trulli
ADVERTISEMENT

रौतहट - रौतहटको गौर नगरपालिकाले आफ्ना ९ वटै वडामा अनलाइन प्रणाली लागू गरेको छ । रौतहट सदरमुकाम रहेको गौर नगरपालिकाले बिहीबारदेखि ९ वटै वडाबाट राजस्व निर्धारण तथा संकलनलाई अनलाइन प्रणालीमा लगेको हो ।

 

रौतहटमा पहिलो पटक गौरले नगरबासीलाई अनलाइनबाटै सेवा दिन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए । ‘कर्मचारीलाई दक्ष बनाएर बिहीबारबाटै सबै वडामा अनलाइन प्रणाली सञ्चालनमा ल्याएका हौँ’, प्रधानले भने ।

 

प्रधानले सेवाग्राहीको सहजताका लागि हरेक वडालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगिएको बताए ।

 

अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजस्व प्रक्षेपण योजनामा सघाउ पुग्नेछ । सूचना प्राविधिक रोशन श्रीवास्तवले विद्युतीय प्रणालीबाटै कर मूल्यांकन र भुक्तानी सेवा सुरु गरिएपछि रौतहट स्मार्ट सिटी निर्माणको चरणमा पुगेको दाबी गरे ।

 

नगरपालिकामा अनलाइन कर प्रणाली विकास गर्न सांग्रिला इन्फर्मेटिक्सले सफ्टवेयर निर्माण गरेको हो । अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सेवा सुरु गरिएपछि पारदर्शी हुनुका साथै नगरबासीलाई समेत सहज हुनेछ ।