close

मध्यपुरथिमिमा नयाँ प्रशासकीय अधिकृत, ज्येष्ठ नागरिकले पाउलान त भत्ता ?

मध्यपुरथिमिमा नयाँ प्रशासकीय अधिकृत, ज्येष्ठ नागरिकले पाउलान त भत्ता ?

Trulli
ADVERTISEMENT

भक्तपुर– मध्यपुरथिमी नगरपालिकाले सोमबारदेखि प्रशासकीय अधिकृत पाएको छ । करिव डेढ महिनादेखि प्रशासकीय अधिकृतविहीन थिमिमा खेलकुद मन्त्रालयका उपसचिव चुडामणि पन्थी हाजिर भएका छन् ।


प्रशासकीय अधिकृत नभएकै कारण नगरका अधिकांश प्रशासनिक  कार्य रोकिएका थिए । अब रोकिएका कार्यहरु विस्तार र सञ्चालन हुने नगरवासीको विस्वास छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठ अबको पहिलो काम नै सामाजिक सुरक्षा भत्ता वितरण हुने बताउँछन् ।


नगरप्रमुख र यसअघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले नगरका प्रशासनिक कार्य ठप्प थिए ।   नगरप्रमुख श्रेष्ठले नक्कली उपभोक्ता समिति बनाइ भुक्तानी गर्न दवाव दिएको र तत्कालीन कार्यकारी अधिकृतले सही गर्न नमानेपछि उनीहरूबीच मनमुटाव थियो । यही कारण उनको सरुवा भएको थियो ।


पन्थी नगरको लागि नयाँ प्रशासकीय अधिकृत भएपनि भक्तपुर जिल्लाका लागि भने पुरानै व्यक्ति हुन् । भक्तपुरको निर्वाचन कार्यालयमा २०६९ देखि २०७२ सालसम्म फोटोसहितको मतदाता नामावली संकलन, संविधानसभाको उपनिर्वाचन तथा भूकम्पपछिको राहत वितरण गरेका थिए ।