close

सिद्धिचरणलाई चाहिएको ५ जना प्रहरी, प्रतिस्पर्धामा उत्रिए १५६

सिद्धिचरणलाई चाहिएको ५ जना प्रहरी, प्रतिस्पर्धामा उत्रिए १५६

Trulli
ADVERTISEMENT

ओखलढुंगा– सिद्धिचरण नगरपालिकाले नगर प्रहरी छनौट सुरु गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को एकल अधिकार प्रयोग गरेर नगर प्रहरी छनौट सुरु गरेको हो । नगरपालिकाले दुई वर्ष पहिले नै नगर प्रहरी सेवा सञ्चालन सम्बन्धी कार्यविधि–२०७५ बनाएर नगर प्रहरी भर्ना गर्न लागेको हो ।

छनौटका लागि शारीरिक सुगठनतर्फ जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको थियो । त्यस अन्तर्गतको परीक्षणमा ३९ जना छनौट भएको सिद्धिचरण नगरपालिकाका सुचना अधिकारी नइन्द्रराज राईले जानकारी दिए । ३९ जनामध्ये स्वास्थ्य परीक्षण, लिखित तथा अन्तर्वार्ताका माध्यमबाट पाँच जना छनौट हुनेछन् ।

 

नगर प्रहरीको नेतृत्व हवल्दारले गर्नेछन् । हवल्दारको नेतृत्वमा दुई महिलासहित पाँच जनाका लागि १ सय ५६ जना प्रतिस्पर्धा गरेका थिए । नगरपालिका क्षेत्रमा हुने अव्यवस्थित पार्किङ, सडक अतिक्रमण तथा फुटपाथ व्यवस्थापन नभएको विषयमा चौतर्फी गुनासो थियो । नगर प्रहरीले बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको सूचना अधिकारी राईको भनाइ छ ।


सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित पार्किङ, फुटपाथ कव्जा गरेर निर्माण सामग्री तथा व्यापार व्यवसाय हुँदै आएको छ । ओखलढुंगाका आठ स्थानीय तहमध्ये लिखु गाउँपालिकाले गत वर्ष नै गाउँ प्रहरी भर्ना गरिसकेको छ ।