close

गौमूलमा डिजिटल नागरिक बडापत्र

गौमूलमा डिजिटल नागरिक बडापत्र

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिकाले पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । जनताको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।


 
नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा एवं पालिकाअन्तर्गतका शाखाका आधिकारिक व्यक्तिको जानकारी समेटिएको छ । ‘अन्य गाउँपालिकाका सबै कर्मचारीको विवरण, पालिकाका प्रत्येक शाखाका सूचना सहज र प्रभावकारी रूपमा जनतालाई दिने गरी डिजिटल बडापत्रली सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष रोकायाले भने ।


 
डिजिटल बडापत्रमार्फत जनताको सेवा–सुविधाका लागि आवाज र भिडियो अद्यावधिक गरेर पालिकाभरिका फरक क्षमता भएका व्यक्तिलाई बुझ्न सहज हुने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन् ।

 

गाउँपालिकाका सबै सेवा–सुविधा अबदेखि डिजिटल नागरिक बडापत्रबाटै सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टले जानकारी दिए ।


गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका अन्य स्थानीय तहमध्ये पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको पालिकाका सूचना प्रविधि अधिकृत हिमाल रोकायाले दाबी गरे । गौमूलले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएसँगै पालिकाबाट प्रदान हुने नागरिक सेवा प्रवाह थप व्यवस्थित हुने बताएको छ ।