close

महालक्ष्मीको नगरसभाले पारित गर्‍यो चार विधेयक

महालक्ष्मीको नगरसभाले पारित गर्‍यो चार विधेयक

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ । शुक्रबार बागमती प्रदेशका प्रदेश मामिला सभापति माधवप्रसाद पौडेल र र नगरप्रमुख रामेश्वर श्रेष्ठले संयुक्त रूमा नगरसभा उद्घाटन गरे ।

 

बैठकमा महालक्ष्मी नगरपालिकाको आठौँ नगरसभाबाट स्वीकृत बजेटको सीमाभित्र रहेका ६०–४० अन्तर्गतका योजना र अन्य सार्वजनिक निर्माण शीर्षकको कार्यक्रममार्फत सञ्चालित योजना पारित गरियो ।

 

साथै, नगरसभाबाट स्वीकृत भएका केही योजना संशोधन गर्न र नगरस्तरीय योजना संशोधनसम्बन्धी प्रस्ताव नगर उपप्रमुख निर्मला थापाले नगरसभासमक्ष पेस गरेकी थिइन् । थापाले पेस गरेको नगरस्तरीय योजना सर्वसम्मत पारित भएको छ ।

 

त्यसैगरी बैठकमा महालक्ष्मी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभा सदस्य कुवेर केसीबाट पेस भई सर्वसम्मत रुपमा पारित भएको छ भने नगर वन व्यवस्थापन विधेयक, २०७७ सभा सदस्य गंगा दहालद्वारा पेस भई सर्वसम्मत पारित भएको छ ।

 

नगरसभामा महालक्ष्मी नगर कार्यपालिकाले चालू आवको साउनदेखि हालसम्म गरेका निर्णय अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव बोर्ड सदस्य वासुदेव महर्जनले पेस गरेका थिए । यो प्रस्ताव पनि सर्वसम्मत पारित गरिएको छ ।

 

यस्तै, बोर्ड सदस्य रमेश थापाले पेस गरेको नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा लेखा समितिको प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।